Site icon ParisNepal.com – Nepali News From France

नेपाली सांस्कृतिक गृह फ्रान्सको दशैं बिशेष कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक गृह फ्रान्सले नेपालीहरूको महान पर्ब बिजया दशमीको उपलक्ष्यमा शुभ-कामना आदान प्रदान गर्दै चंगा उडाउने साथै बाल बालिका पुजा, बाघ चाल, बुद्दि चाल, क्यारेम बोड एबम अन्य कार्यक्रमका साथै नेपाली खानाको साथमा भब्य दशैं कार्यक्रम आयोजना गर्यो।  नेपाली राजदुतावासकी महामहिम राजदुत अम्बिका देवी लुइंटेलज्युको प्रमुख अतिथित्वमा सम्पन्न उक्त कार्यक्रममा राजदुत लुइंटेल र सांस्कृतिक गृहका ध्यक्ष हेमन्त उपाध्यायले बिजया दशमीको शुभकामना दिदैं कन्या पुजा गरि सुरुवात गर्नुभएको थियो। उपस्थित नेपाली तथा फ्रेन्चहरुले नेपाली नेवारी खानाका साथमा बाघ चाल, बुद्दि चाल, क्यारेम बोड जस्ता खेल खेल्दै रमाइलो गरिरहेका थिए भने कोहि चंगा उडाउदै नजिकै पार्कमा रमाइलो गरिरहेका थिए।  

स्थानीय कलाकारहरू मिलेर हालसालै बनेको नयाँ संगीत समुह “प्रक्रीत” को पहिलो भब्य प्रस्तुति रहेको थियो।  प्रक्रीत समुहले चर्चित नेपाली गीतहरुमा दर्शकहरुलाई नाचाएका थिए। कार्यक्रममा उपस्तिथ फ्रेन्चहरु नेपाली सस्कृति र खाना तथा रमाइला खेल देख्दा नेपालमानै भएको जस्तो अनुभव भएको बताइरहेका थिए।

कार्यक्रमका केहि तस्विरहरु :

 

Exit mobile version