Site icon ParisNepal.com – Nepali News From France

एन आर एन डे को अवसर पारेर शंख्खमूल पार्क सरकारलाई हस्तान्तरण, एन सी सी फ्रान्सको पनि सहयोग

गैरआवासीय नेपाली संघको लगानीमा करिव ३ करोड लागतमा निर्माण गरिएको, काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा फैलिएको पार्क एन आर एन डे को अवसर पारेर सरकारलाई हस्तान्तरण हस्तान्तरण गरिएको छ  ।

उद्दघाटन कार्यक्रममा सरकारको तर्फ बाट सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थिति थियो भने एन आर एन ए को तर्फबाट अध्यक्ष भवन भट्ट संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएन संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्ष शेष घलेलगायतको उपस्थिति थियो।

अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरेपछि मेयरले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाउदै  धन्यबाद दिएका थिए।

हालै एन आर एन फ्रान्सले पनि पार्कको लागि ५०० युरो नेपाल पठाउन लगिएको जानकारी गराएको थियो।  पार्कमा सहयोग गर्ने संस्थाहरु र व्यक्तिहरुको नाम मार्बलमा पनि लेखिएको छ।

 

Exit mobile version