Site icon ParisNepal.com – Nepali News From France

वाग्मती किनारामा बनेको “एनआरएन पार्क”, शंखमुल पार्क एन आर एन डे मा हस्तान्तरण हुने

काठमाडौंको शंखमुलस्थित वाग्मती नदी किनारमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले बनाएको शंखमुल पार्क यहि आउदो साता हस्तान्तरण हुने भएको छ।

दुई करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुने  पार्कका लागि विश्वभरबाट प्रतिबद्धता गरिएको केही रकम अझै उठ्न बाँकी छ । यसअघि उठ्न बाँकी तथा भविष्यमा प्रतिबद्धता गरिएको रकम संकलनका लागि एनआरएनए युकेका आइसीसी सदस्य तथा समितिका सदस्य संगीता मरहट्टालाई बैठकले संयोजक तोकेको छ ।

गैरआवासीय नेपाली संघको विधानमा उल्लेख भएअनुसार ‘एक एनसीसी, एक परियोजना’ बमोजिम हरेक एनसीसीले कल्याणकारी परियोजनाहरु अघि बढाइरहेका छन् वा छैनन् भन्ने कुराको अनुगमन समेत यस समितिले गर्ने भएको छ ।

शंखमुल पार्कका लागि थप आर्थिक सहयोग जुटाउन संघका उपाध्यक्ष कुल आचार्यले सबै एन सी सी तथा पदाधिकारीहरु लाइ पत्राचार गरेका छन। उनले आउँदो अक्टोबर ११ तारिखका दिन एनआरएन दिवसको अवसरमा उद्घाटन गर्ने तयारी भैरहेकेा बताएका छन ।

 

Exit mobile version