Site icon ParisNepal.com – Nepali News From France

एनआरएनए नाइजेरिया द्वारा रक्तदान कार्यक्रम सम्पन्नः

गैरआवासीय नेपाली संघनाइजेरिया द्वारा आज नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा अध्यक्ष जनक बिष्ट उपाध्यक्ष बिरेन्द्र गुप्तामहासचिव रोशन थापा,कोषाध्यक्ष रोहित भाङ्गरसचिब अभिषेक सिंहप्रकाश अर्यालआस्मा खडका, भरत रिजालसुकमल सरकार, चन्द्र घिमिरेशंकर बर्मासागर सिंह,सन्दीप रावतभिम थापा लगाएत ८३ जनाले रक्तदान गर्नु भएको थियो । 

नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबीयुगान्डा लगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना गरि सकेको जानकारी संघका अन्तरास्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराउनु भयो ।

Exit mobile version