Site icon ParisNepal.com – Nepali News From France

डा महावीर पुन संग फ्रान्सको राजधानी पेरिसमा हुने अन्तरक्रिया कार्यक्रमको तयारी पुरा

राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त डा महावीर पुन संग फ्रान्सको राजधानी पेरिसमा हुने अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको तयारी पुरा भएको संघसंस्थाहरुको प्रतिनिधित्वमा गठित आयोजक समितिले जानकारी दिएको छ।

पेरिसमा हुने कार्यक्रम मे १५, २०२२ आइतवारको दिन ३ पेरिस स्थित République मा हुने भएको छ। दिउसो १३:०० देखि १७:३० सम्म हुने कार्यक्रममा डा. पुन प्रति सम्मान तथा उनको नेतृत्वमा रास्ट्रिय आविस्कार केन्द्रले गर्दैआएका कामहरुको जानकारी साथै प्रश्न-उत्तर (अन्तरक्रिया) आदि कार्यक्रम रहने छन्। फ्रान्समा रहेका सम्पूर्ण सक्रिय नेपाली संघसँस्थाहरुको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो।

कार्यक्रमबारे जानकारी
मिति : 15 May 2022
स्थान : 1 bd saint-martin 75003 paris मेट्रो: République
समय : १३:०० देखि १७:३० सम्म

डा. महावीर पुन फ्रान्सका शहरहरु  SAINT NAZAIRE र AVIGNON मा पुगेर कार्यक्रममा सम्पन्न गरे पश्चात अन्तिम कार्यक्रम पेरिसमा सहभागी हुने छन् ।

पेरिसमा १५ मे का दिन हुने कार्यक्रममा डा. पुनले आविस्कार केन्द्रका कामहरु भिडियोमार्फत प्रस्तुत गर्दै, जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका कयौं अन्य क्षेत्रमा के-कस्ता नयाँ-नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी दिनेछन् । कार्यक्रममा फ्रान्समा रहेका नेपालीहरुले देशमा आविष्कार र उद्यमशीलता तर्फ पहिलो पटक यसरी छलफल गर्ने अवसर पाउने छन्। सामाजिक अभियन्ता, विधार्थी, युवा, तथा नव-उद्यमीहरुमाँझ पुन लोकप्रिय छन्।

कार्यक्रम हुने स्थान :

पेरिस भेटघाटका केहि तस्विर :

Exit mobile version