गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा यहि २९ अक्टुबर २०२१ का दिन नेपाली राजदुतावास पेरिस (फ्रान्स) मा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देस्यले गरिएको देउसी भैलो कार्यक्रम फ्रान्स स्थित नेपाली राजदुत दीपक अधिकारीको निवासबाट सुरु गरिएको हो। यससंगै इच्छुक नेपालीहरुको निवासमै पुगेर घर-दैलो गर्दै अन्त्यमा सामुहिक रुपमा कार्यक्रम गर्ने लक्ष्य रहेको सँस्थाका महासचिव दिलिप गुरुङले जानकारी दिनु भएको छ।
कार्यक्रममा बोल्दै राजदुत दीपक अधिकारीले विदेशी भुमिमा नेपालको झल्को मेटाउदै, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परा लाई आत्मसाथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने एन आर एन ए फ्रान्सको उद्देश्यको प्रसंसा गर्दै विदेशमा यस प्रकारका कार्यक्रमहरुलाइ सदैव निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। एनआरएनए फ्रान्सका सँस्थापक अध्यक्ष हरिहर अर्यालले २००८ देखि निरन्तर गरिदै आएको यस कार्यक्रम रमाइलोको लागि मात्र नभई खास उदेस्य नेपाली कला संस्कृति संरक्षण र प्रवर्दन गर्दै आपतकालीन कोष मार्फत नेपालीहरुलाइ सहयोग गर्न सकियोस भन्ने रहेको बताउनु भयो। त्यस्तै कार्य्रक्रममा सँस्थाका पुर्व उपाध्यक्ष/महासचिव हरि प्रसाद सापकोटाले विगतमा कार्यक्रम संचालन गर्दाका अनुभव, संस्कृतिक कार्यक्रम मार्फत नेपालीहरुमा पारस्परिक भातृत्व, एकता बढाउनु पर्ने बारेमा बताउनु भएको थियो। कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत तथा परिवार त्यस्तै पेरिस स्थित नेपाली राजदुतावास परिवार, गैर आवासीय नेपाली संघका पुर्व तथा बर्तमान पदाधिकारीहरु, कलाकारहरु, पत्रकार तथा अन्य सघसंस्थाबाट नेपालीहरु उपस्तिथ हुनु हुन्थ्यो।
राजदुत निवासको दैलो बाटै भैलिनी भट्टाउदै नेपाली चेलीहरुको रमाइलो भैलिनी गित र न्रित्य संगै भैलो कार्यक्रम अगाडी बढेको थियो। नेपाली बाजागाजा सहित भैलिनी गाउदै राजदुत दम्पती संगै नाचगान गरेर हर्त्सोलासको वातावरणमा कार्यक्रम चलाउदै गर्दा नाङ्ग्लोमा दक्षिणा फूलपातीले राजदुत परिवारले भैलिनीको स्वागत गर्नु भएको थोयो।
एनआरएन फ्रान्सकी अध्यक्ष गीता खनाल थापाले कार्यक्रम समापन गर्दै उपस्थित हुनुहुने, आपतकालीन कोष सहयोगार्थ दक्षिणा दिनुहुने महानुभावहरुलाई र कार्यक्रम सफल पार्न अहोरात्र खटिनुहुने साथीहरु र स्वयंसेवकसाथीहरु सबैलाइ धन्यबाद दिदै सम्पूर्ण नेपालीहरुलाइ शुभ दिपावलीको शुभकामना दिनुभयो । साथै उहाँले घर दैलो गर्दै तिहारको अन्तिम हप्ता सम्म कार्यक्रमलाइ निरन्तरता दिइने बताउनु भयो।