Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सका राजदूत जिल बुर्बाओ द्वारा राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

जिल बुर्बाओ

जिल बुर्बाओ, श्रोत : फ्रेन्च राजदुतावास, काठमान्डौ

नेपालका लागि फ्रान्सका नयाँ राजदूत जिल बुर्बाओले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। गत २७ अगस्टमा फ्रान्स सरकारले बुर्बाओलाई राजदुतको जिम्मेवारी दिने निर्णय गरेको थियो।

राष्ट्रपति भवनमा बिहीवार आयोजित समारोहमा राजदूत बुर्बाओले बोल्दै, “आज नेपालका माननीय राष्ट्रपतिसमक्ष मेरो ओहादाको प्रमाणपत्र पेस गर्नु मेरो लागि सम्मानको कुरा हो। म नेपाल सरकार र विभिन्न क्षेत्रका नेपाली साथीहरुसँग हाम्रो दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि तत्पर छु।” भनेका थिए। नेपाल आउनुअघि राजदूत बुर्बाओ फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयमा वित्तीय मामिलामा कार्यरत थिए। राजदूत बुर्बाओले यसअघि फेज (मोक्को), दिल्ली (भारत), इस्लामाबाद (पाकिस्तान), बग्दाद (इराक)मा विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन्।

राजदूत बुर्बाओ फ्रान्सका एक करियर डिप्लोम्याट हुन्, उनले कूटनीतिक क्षेत्रमा आफ्नो यात्रा १९९० देखि शुरू गरेका थिए।

यसैबीच, सो समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी र नर्वेका राजदूतले पनि आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।

तस्बिर : रत्न श्रेष्ठ/रासस
Exit mobile version