Site icon ParisNepal.com – Nepali News From France

एनआरएन स्पेनको महाधिवेशन र निर्वाचनको तयारी पुरा

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनको महाधिवेशन र निर्वाचनको तयारी पुरा भएको छ। आइतवार २५ तारिख हुने महाधिवेशन र २६ तारिख हुने निर्वाचनको लागि निर्वाचन समितिले एक बिज्ञप्ति जारी गर्दै आजै बाट लागुहुने गरी शुन्य समय लागु गरिएको जानकारी दिएको छ। हेम शेर्पाको नेतृत्वमा रहेको निर्वाचन समितिले विधिवत तरिकाले निर्वाचन सम्पन्न गर्न सबै समुहहरुसंग अन्तरक्रिया गर्दै अगाडी बढिरहेको बताइएको छ।

यसअघि स्पेनको आसन्न सातौं राष्ट्रिय अधिवेशनको लागि निर्वाचनको लागि scytl (civiciti) कम्पनि मार्फत अनलाइन भोटिङ गराउने जानकारी दिएको थियो। एनआरएनए अमेरिकाको निर्वाचन सफलताका साथ गराएको कम्पनि scytl मार्फत एनआरएनए स्पेनले निर्वाचन गराउन लागेको हो। यस कम्पनि मार्फत निर्वाचन हुने विधि र भोट गर्ने तरिकाको बारेमा जानकारी १० दिन अगाडीनै पन्जिक्रित सदस्यहरुलाइ उपलब्ध गराइएको थियो।

एनआरएन स्पेनले अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि आवेदन दिने समय बढाउदै ११४ प्रतिनिधिहरु समावेश गर्न सफल भएको छ।

अहिले हुन् गैरहेको निर्वाचनको लागि निम्न अनुसार उम्मेदवारहरु रहेका छन :

Exit mobile version