Site icon ParisNepal.com – Nepali News From France

निर्मला पन्तको न्यायको लागि देशभर प्रदर्शन, सरकारलाइ चौतर्फी दबाब

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र न्याय माग्दै शनिवार राजधानी लगायत देशभरिनै प्रदर्शन भएको छ।

काठमान्डौको माइतीघर मण्डलामा आयोजित शान्तिपूर्ण भेलामा निर्मलाका बाबुआमा सहित नागरिक अगुवा, विद्यार्थी, अधिकारकर्मी लगायतको उपस्थिति थियो। घट्ना भएको दुई महिना पुग्न लाग्दा पनि दोषी पक्राउ नपरेकोले अनुसन्धान र सुरक्षा निकायमाथि नै शंका उत्पन्न भएको भनी निर्मलाका आमाबुबा र कञ्चनपुरका अधिकारकर्मीहरु पनि न्यायका लागि दवाव दिन राजधानी आएका छन्।

साउन १० गते हत्या गरिएकी निर्मलाको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन। घट्ना भएको ५२ दिन बित्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहँदा बिधार्थीसमुहहरुले पनि विभिन्न ठाउमा प्रदर्शन गरेका छन।   हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार कञ्चनपुर बन्द गरिएको छ ।

सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाउन गरिरहेको डिएनए परिक्षणलाई ब्यंग्य गर्दै ‘सरकार तिम्रो मगजमा कसको डिएनए छ’ भनेर नारा लगाइको थियो।

 

Exit mobile version