नेपाल बिधार्थी संघका संस्थापक किरण चन्द्र प्रधानको कोभिड–१९ का कारण फ्रान्समा निधन

दशकौ देखि फ्रान्समा बस्दै आउनु भएका नेपाल बिधार्थी संघका संस्थापक सदस्य किरण चन्द्र प्रधानको कोभिड–१९ का कारण निधन भएको छ। १ महिना भन्दा बढी समय अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्दा गर्दै ६८ बर्षिय किरण चन्द्र प्रधानको २२ मे का दिन दुखद निधन भएको थियो।

परिवारका सबै सदस्यहरुमा एकै पटक कोरोना पोजिटिभ देखिए लगत्तै किरण चन्द्र प्रधान उहाँकी श्रीमती सुमित्रा प्रधान र छोराको अवस्था जटिल बन्दै गैरहेको थियो। उपचार पश्चात श्रीमती सुमित्रा प्रधानको स्वास्थ्य अवस्थामा धेरै सुधार भैरहेको र केहि दिनमा डिसचार्ज हुने जानकारी प्राप्त भएको छ। श्रीमती सुमित्रा प्रधान पाकोफेन नेपाली सँस्थाको अध्यक्ष हुनुहुन्छ। स्व. किरण चन्द्र प्रधानको पार्थिव शरीरको यही शुक्रवार ११ जुनका दिन दाहासंस्कार गरिने भएको छ।

बारा जिल्ला स्थित कलैया नगरपालिकामा जन्मनुभएका प्रधान नेपाली कांग्रेसको भातृ संघठन नेपाल बिधार्थी संघको स्थापानामा योगदान गर्दै नेपाली राजनीतिमा महत्वपूर्ण भूमिकामा रहनुभएको थियो। सन् १९८० मा फ्रान्समा आउनुभएका प्रधान फ्रान्समा पनि सामाजिक क्षेत्रमा सकृय रहदै आउनु भएको थियो। एनआरएनए फ्रान्सको प्रथम कार्यसमिति सदस्य, विभिन्न समयमा सल्लाहकार, पछिल्लो पटक निर्वाचन संयोजक हुदै नेपाली जनसम्पर्क समिति फ्रान्सको संरक्षक, नेपाली जनसम्पर्क अन्तरराष्ट्रिय समन्वय समिति विश्व सन्जालको संरक्षक सम्मको पदमा रही काम गर्नु भएको थियो।

पेरिस नेपाल डटकमको तर्फ बाट स्व. किरण चन्द्र प्रधानजी प्रति भावपुर्ण श्रद्वान्जली! शोक सन्तप्त परिवार प्रति समवेदना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here