Site icon ParisNepal.com – Nepali News From France

डा. खिमलाल देवकोटा ५०८८ – रामबहादुर थापा बादल ४०१४ । गृहमन्त्री बादल बर्खास्त

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो। एमालेको तर्फ बाट उम्मेदवार रामबहादुर थापा बादलले ४०१४ भोट प्राप्त गर्दै राष्ट्रिय सभामा जाने अवसर गुमाएका छन। यो संगै उनको गृहमन्त्रीको पद पनि फुस्किएको छ। आजै सर्वोच्च अदालतले गैर संसद ७ जना मन्त्रीको नियुक्ति खारेज गरेको थियो। पद जाने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नेहरु रहेका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

Exit mobile version