Site icon ParisNepal.com – Nepali News From France

फ्रान्स भ्रमण गर्ने पर्यटकलाइ समेत निशुल्क पीसीआर परिक्षण

फ्रान्स सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने पर्यटकले समेत बिना शुल्क पीसीआर गर्न पाउने व्यवस्था मिलाएको छ।

फ्रान्समा कोरोना महामारी सुरु भए यता देखि नै पीसीआर टेस्ट निशुल्क गरिएको छ। फ्रान्सको सामाजिक सुरक्षा कार्ड (कार्त भिताल) भएका जो कोहिले पनि निशुल्क पीसीआर र कोरोना उपचार गर्न पाउदै आएका छन । बेलायत, स्पेन स्विडेन आदि देशहरुमा १०० देखि ३०० युरो सम्म शुल्क तिर्नु पर्ने पीसीआर टेस्ट लाइ निशुल्क गरिएको प्रचार गरेर फ्रान्स सरकारले आउदै गरेको summer hilodays मा पर्यटकहरु तान्ने नीति ल्याएको छ।

सुरक्षा मापदण्डहरु अपनाएर धेरै युरोपियन र अमेरिकन पर्यटक आकर्षण गर्दै देशको अर्थतन्त्रलाइ गति दिने नीतिका साथ यो व्यवस्था ल्याइएको युपियन मामिला हेर्ने राज्य सचिव क्लेमां बोनले बताएका छन।

 

Exit mobile version