Site icon ParisNepal.com – Nepali News From France

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

(जीएनएन – काठमान्डौ) प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शपथ लिएका हुन्।

विपक्षी गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसक्दा ओलीलाई राष्ट्रपतिले बिहीबार राति प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन्। ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका हुन्। ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् समेत गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

Exit mobile version