फ्रान्सका प्रधानमन्त्रीले लगाए एस्ट्राजेनिका खोप, खोपबारे अन्य देशमा अन्योलता कायमै

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका कम्पनीद्वारा निर्मित कोभिड विरुद्धको खोपको विषयमा विवाद कायमै रहदा फ्रान्सका प्रधानमन्त्रीले आज शुक्रबार आफैले उक्त खोप लगाएका छन्।

युरोपेली क्षेत्रका कतिपय मुलुकले एस्ट्राजेनिका खोप लगाउन रोकेका बेला बिहिबार युरोपियन युनियनको औषधि विभागले खोप सुरक्षितनै रहेको र खोप कार्यक्रमलाइ निरन्तरता दिन सकिने बताएपछि केहि दिन देखि रोकिएको एस्ट्राजेनिका खोप कार्यक्रमले फ्रान्समा पनि निरन्तरता पाउने भएको छ। तर फ्रान्सको स्वास्थ्य मन्त्रालयले खोपलाइ ५५ बर्ष माथि उमेर समुहका नागरिकलाइ मात्र दिइने बताएको छ। युरोपमा खोप लगाएका केहि व्यक्तिहरुमा रगत जम्ने लक्षण देखिपछि एस्ट्राजेनिका खोप कार्यक्रमलाइ स्थगित गरिएको थियो। करिब १५ देशले खोप कार्यक्रम स्थगन गरेकोमा अहिले विस्तारै यसलाई निरन्तरता दिन थालिएको छ।

५५ बर्ष उमेरका फ्रान्सका प्रधानमन्त्री जँ कास्तेक्सले खोप लगाउदा आफुले कुनै असजिलो महसुस नगरेको भन्दै आफ्नै समकक्षी स्वास्थ्य मन्त्रीले ६ प्याक देखाउदै खोप लगाएको भनेर रमाइलो व्यंग्य गर्न समेत भ्याएका थिए।

फ्रान्समा कोभिड-१९ संक्रमण उच्च गतिमा फैलिदै गएको र अस्पतालहरुमा सघन उपचार कक्षको अभाव भएको कारण शुक्रवारबाट  लागु हुने गरि लकडाउन घोषणा गरिएको छ। लकडाउन गर्ने पुरानो रणनीतिमा परिवर्तन गर्दै यसपटक देशब्यापी नभई फ्रान्सको राजधानी पेरिस लगाएत उत्तरी क्षेत्रमा मात्र लकडाउन गरिएको छ। पहिलाको भन्दा अलिबढी खुकुलो भनिएको लकडाउनको अवधि १ महिनाको हुनेछ। विधालय, खाधान्न पसल लगायत दैनिक जीवनमा अत्यावश्यक पसलहरु बाहेक सबै पसलमा ग्राहक प्रवेश निषेध गरिने भएको छ। त्यस्तै घर बाहिर हिड्दा बाहिर जानु पर्ने कारण र समय खुलाएर फारम भरेको हुनु पर्दछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here