जीएनएन (अमेरिका) । कोरोना विरुद्ध औषधि निर्माण गर्ने प्रतिष्ठान मोडेर्नाले कोरोना विरुद्ध अर्को पुस्ताको खोपको परीक्षण शुरु गरेको जनाएको छ । गत सोमबार मार्च १५ का दिन अब आउने खोप आपूर्ति गर्न सरल हुने र हिमीकरण यन्त्र (फ्रिज) बाट शीतक यंत्र (रेफ्रीजेरेटर) मा राख्न सकिने प्रकारको खोप हुने बताएको छ । साथै ढुवानी गर्न सरल हुने जनाएको छ ।
कम्पनीले यसले वितरण प्रणालीलाई सजिलो बनाउन सक्छ भनेको छ । विशेष गरी विकासशील देशहरूमा जहाँ खोप आपूर्तिको संचालनलाई बाधा अड्चन हुने ठाउँमा यो खोपलाई सजिलैसंग ढुवानी गर्न सकिने बताइएको छ । प्रारम्भिक चरणको अध्ययनले एमआरएनए -१२८३ लाई तोकिएको अर्को पुस्ताको खोपको सुरक्षा र प्रतिरक्षाको मूल्यांकन गर्नेछ ।
तीन खुराक स्तरमा, स्वस्थ वयस्कहरूलाई एकल खुराकको रूपमा वा दुई खुराकमा २८ दिनको फरक समयमा दिइने प्रतिष्ठानले जनाएको छ । मोडेर्नाले एमआरएनए-१२८३ लाई पनि भविष्यमा अध्ययन गर्न सक्ने सम्भावित अभिवर्धक (बूस्टर) सुईको रूपमा नयाँ खोपको रुपमा मुल्यांकन गर्ने योजना बनाएको छ ।
गत हप्ता मोडेर्नाले पहिलो परीक्षण दक्षिण अफ्रिकामा गरेको थियो । बि.१.३५१ भनेर चिनिने भेरियन्ट (प्रजाति) लाई लक्षित गर्दै कोभिड-१९ बूस्टर भ्याक्सिन (अभिवर्धक सुई) सहभागीहरूलाई लगाउन शुरु गरिएको छ । श्रोत : एपी