Site icon ParisNepal.com – Nepali News From France

“नेकपा” पछि अब एमाले भित्र अधिनायकवाद, एक्लिदै ओली समुह

पार्टी भित्र बहुमतको निर्णयको विषयलाइ लिएर चर्किएको विवाद र सर्वोच्चले दिएको फैसलाले टुक्रिएर पुन: जीवित बनेको एमाले फुटको संघारमा पुगेको छ। ओलीले पार्टी भित्र अध्यक्ष र महासचिव बाहेकका सबै पद रिक्त गरिदिएका छन्। सातै प्रदेशका इन्चार्जमा एकलौटी रुपमा आफु पक्षका व्यक्तिहरु राखेका छन्।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले “यो कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नै नसक्ने, गर्नै नहुने काम हो । यसलाई मैले चरम अराजकताको नमूना ठान्छु ।” भनेका छन। उनले यो घटना पछि “केपी ‌ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।” भनेका छन्।

बुधवार ओली गुटका पदाधिकारीहरुलाइ आमन्त्रण गरि बालुवाटारमा बसेको बैठकले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाइ पदमुक्त गर्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्र बाट आएका २३ जनालाइ पार्टी केन्द्रिय सदस्यमा मनोनित गरिएको छ।

आजै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी विच नयाँ सरकार गठनको विषयमा बार्ता भएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र विरोधी, संघीयता विरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहकार्य हुन सक्दैन भनेका छन्। संविधान उल्लंघन गर्ने कार्यकारी प्रमुखले राजिनामा दिनुपर्ने उनले बताए।

 

 

Exit mobile version