Site icon ParisNepal.com – Nepali News From France

यहि पार्टीमा बसेर ठुला जनआन्दोलन गरियो, व्यवस्था परिवर्तन गरेर गणतन्त्र स्थापना गरियो : नेपाल

नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिस्ठ नेता माधव कुमार नेपालले अहिले आफ्नै पार्टीमा फर्किन पाउँदा खुसीनै भएको बताएका छन्। यहि पार्टीमा बसेर ठुला-ठुला जनआन्दोलन गरियो, व्यवस्था परिवर्तन गरेर गणतन्त्र स्थापना गरियो भन्दै उनले अब लोकतन्त्रलाइ सँस्थागत गर्दै विकासको दिशामा अगाडी बढ्ने बेलामा महुमतको निर्णय नमान्ने र दुर्गती, अधिनायक तर्फ उन्मुख तत्वहरुले कब्जा गर्न सुरु गरेकोले यो दिन आएको बताए। नयाँ एकीकृत र सम्पूर्ण कम्युनिस्ट आन्दोलनलाई एउटै मोर्चामा गोलबन्द गर्न आवस्यक हुँदै गर्दा सर्वोच्च अदालतले दिएको अनपेक्षित फैसलाले पुन: फर्किन परेता पनि एकताको आवस्यकता छिट्टै देखिने उनले बताए।

बहुदलीय संसदीय पद्वतिमा बहुमतलाई अवज्ञा गर्ने तत्वहरु बाट आजको अवस्था शृजना भएको बताउदै उनले पार्टीमा विभिन्न संघर्ष गर्दै एमाले भित्र व्यक्तिवादी राजनीति र कब्जा गर्ने शैलीको अन्त्य हुनु पर्ने बताए। साथै उनले अहिले अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएका छन ।

Exit mobile version