फ्रान्सका पुर्वरास्ट्रपति सार्कोजी भ्रस्ट्रचारको अभियोगमा जेल चलान

फ्रान्सको एक उच्च अदालतले पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशहरुलाई आफ्नो फौजदारी अपराधको मुद्दाको बारेमा गोप्य सूचना दिन लगाएर अदालतमा विचाराधिन मुद्वा आफु अनुकुल बनाउन प्रयास गरेको आरोपमा सार्कोजी संगै ति न्यायाधीशहरुलाइ पनि उस्तै प्रकारको सजाय सुनाइएको छ। सार्कोजीले न्यायाधीशलाइ मोनाको (दक्षिणमा रहेको सानो देश) मा पद दिलाउने वाचा गरेको कुरा सार्वजनिक भएको थियो।

फ्रान्सको विगत ७० बर्ष लामो यस राज्य व्यवस्थामा कुनै पूर्वरास्ट्रपति जेल चलान भएको यो पहिलो घटना हो। ६६ वर्षीय सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए । अदालतको फैसला अनुसार उनले १ बर्ष जेलमै बिताउनु पर्नेछ, भने २ बर्ष जेल बाहिर तर कडा निगरानीमा बिताउनु पर्ने छ। फ्रान्सको कानुन अनुसार उनले उच्च न्यायलयमा अपिल भने गर्न पाउने छन् ।

लिलियान बेतनकुर काण्ड

सार्कोजीले अहिले पाएको सजाँयको मूल जाडो लिलियान बेतनकुर काण्ड हो, फ्रान्सकी सबै भन्दा धनि महिला बेतनकुर को सम्पति अवैध रुपमा सार्कोजीको चुनावमा खर्च भएको पाइएको थियो। यसै काण्डलाइ ढाकछोप गर्न सार्कोजी र निकटका नेताहरु लागि परेको अरोपमा उल्लेख छ ।

लिबियाका काधाफी र अवैध चुनावी खर्च प्रकरण

सार्कोजीले सन् २०१२ को चुनावमा अवैध ढंगले अत्यधिक खर्च गरेको आरोपमा अर्को मुद्दा पनि खेपिरहेका छन्। उनले चुनावको खर्च जुटाउन लिबियाका तत्कालिन रास्ट्रप्रमुख मुआम्मार काधाफी संग पैसा लिएको आरोप लाग्ने गरेको छ। पछि लिबियामा काधाफीको निरंकुस शासन विरुद्व जनप्रदर्शन र हिंसा भडकिएपछि फ्रान्सेली सैनिक फौजको नेतृत्वमा भएको भिडन्तमा काधाफी मारिएका थिए।

यस बाहेक सार्कोजीका बिगमालियों काण्ड, कराची बम काण्ड, रसियन काण्ड आदि मुद्वाहरु अदालतमा विचाराधीन छन्।

दक्षिणपन्थी खेमामा लोकप्रिय सार्कोजी

सार्कोजी दक्षिणपन्थी खेमामा लोकप्रिय थिए, २००२ मा ज्याक शिराकको पालामा गृहमन्त्री भएका उनले २००४ बाट पार्टी अध्यक्षको पद सम्हालेका थिए। २००७ मा रास्ट्रपती भएर २०१२ मा हार बेहोरेर पनि उनि २०१७ को चुनावमा पुनः प्रयास गरेका थिए। २०१२ मा उनको हार संगै उनको पार्टीले रास्ट्रपतिय निर्वाचनमा खासै राम्रो नतिजा प्राप्त गर्न सकेको छैन। उनको पार्टी भित्रकै प्रतिद्वन्दी नेता तथा पुर्वप्रधानमन्त्री समेत भ्रस्ट्रचार मुद्वामा जेल चलान भएपछि उनिको पार्टी फुटको संघारमा पुग्न गयो र थुप्रै प्रभावशाली नेताहरु बर्तमान रास्ट्रपति एमानुएल माक्रोंको पार्टीमा सामेल हुन पुगे।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here