नेपाल फ्रान्स कुटनीतिक सम्बन्धको ७० औं बर्षको अवसरमा “कर्म” स्मारिका को विमोचन

नेपाली साहित्यिक मञ्च फ्रान्सले नेपाल फ्रान्स कुटनैतिक सम्बन्धको ७० औं बर्षको अवसर पारेर प्रकाशित गरेको पुस्तक “कर्म” को विमोचन कार्यक्रम सम्पन्न गरेको छ  ।

फ्रान्सेली महान साहित्यकार भिक्टर ह्यूगो को २१९ औं जन्म जयन्तीको अवसर पारेर शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले  संयुक्तरुपमा स्मारिका “कर्म” को विमोचन गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेले कोभिड १९ ले सिर्जना गरेको विषम परिस्थितिमा पनि यो स्मारिका प्रकाशित गरिएकोमा पुस्तकको लागि योगदान गर्ने सबैलाइ बधाई व्यक्त गर्नुहुदै स्मारिकाले नेपाल र फ्रान्स बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अर्का प्रमुख अतिथि दिपक अधिकारिले फ्रान्समा नेपाली डायस्पोराले यस प्रकारको पुस्तक प्रकाशन गर्ने काम गरेकोमा सबैलाइ धन्यवाद र बधाई दिदै नेपाल र फ्रान्सको भैगोलिक र संस्कृतिक समानता त्यस्तै दुइ देश विचको सम्बन्ध स्थापना र त्यसबीच भएका कुटनैतिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो।

कार्यक्रममा बक्ताहरुले फ्रान्सेली साहित्यकार भिक्टर ह्यूगो र नेपाली साहित्यकार लक्ष्मी प्रसाद देवकोटाको बारेमा विचार विश्लेषण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिहरुका साथसाथै पुर्व राजदुतहरु मोहन कृष्ण श्रेष्ठ र अम्बिका माननधर लुइँटेल त्यस्तै अवैतानिक राजदूत डिडिए बेनार्ड, सांसद रोबर्ट लफोल, CNRS प्रमुख जेरार्ड तोफाँ, आमन्दिन लामा, नेपाली साहित्यिक मञ्चका सदस्यहरु आदिको उपस्तिथी रहेको थियो। मञ्चका तर्फबाट भानु न्यौपानेले कार्यक्रमको संचालन गर्नु भएको थियो भने सुधिर रानाले पुस्तकको बारेमा र अनुराधा पौडेलले लक्ष्मी प्रसाद देवकोटाको बारेमा जानकारीहरु दिनु भएको थियो।

कार्यक्रममा अन्त्यमा नेपाली साहित्यिक मञ्च फ्रान्सका संयोजक हरिहर अर्यालले उपस्तिथी अतिथिहरुलाइ धन्यवाद व्यक्त गर्दै स्मारिका तयार पार्न सहयोग गर्नुहुने सबैलै धन्यवाद र बधाई दिनुभयो। उहाँले कोभिडको कारण केहि ढिलाई भएता पनि दुइ देश विचको सम्बन्ध स्थापना भएको ७० औं बर्षगाँठमा स्मारिका तयार गर्न सकेकोमा र सँस्थाले गतबर्ष लिएको उदेश्य पुरा भएकोमा आफुहरु अत्यन्तै खुशी भएको बताउदै सबै सहभागी प्रति आभार व्यक्त गर्नुभयो।

पेरिसनेपाल डट कम द्वारा प्रतक्ष्य प्रशारण गरिएको लाइभ कार्यक्रमको भिडियो :

पुस्तकको पहिलो अंश (विशिस्ट व्यक्तित्वहरुबाट प्राप्त शुभकामना संदेशहरु)

pdfresizer.com-pdf-resize

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here