Site icon ParisNepal.com – Nepali News From France

एनआरएनए फ्रान्सले अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले यहि जनवरी १० तारिखका दिन केन्द्रिय महासचिव डा.हेमराज शर्माको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया आयोजना कार्यक्रम गर्ने भएको छ।

एनआरएनएको अन्तरास्ट्रिय समन्वय परिषदले जनवरीको २३ र २४ मा गर्ने विशेष अन्तर्राष्ट्रिय महाधिवेशनमा संघको केन्द्रिय विधान संसोधनको प्रस्ताव गर्न लागेकोले यसै विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम रखिएको सूचनामा बताइएको छ। प्रस्तावित विधानमा निःशुल्क सदस्यता, पञ्जिकृत सदस्यता दर्ता गर्ने नयाँ प्रणाली र त्यसका मापदण्ड (स्मार्ट एनआरएन) र संगठनिक सुधार आदि महत्वपूर्ण बुँदा हुने छन्। संघको निर्वाचनमा हुने विकृति अन्त्यका लागि विधान संसोधन महत्वपूर्ण हुने बताइएको छ।

महाधिवेशनमा प्रस्तुत हुने यिनै विषयमा आधारित रहेर ZOOM मार्फत गरिने यस अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण फ्रान्सबासी नेपालीहरुलाई सहभागीताको लागि अनुरोध गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमको बारेमा एनआरएनए फ्रान्स द्वारा जारि सूचना :

Exit mobile version