Site icon ParisNepal.com – Nepali News From France

मन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिँदा एक पैदलयात्री गम्भिर घाइते, गाडी फरार

प्रधानमन्त्री के. पी. शर्मा ओलीको सरकारमा हालसालै नियुक्त शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक पैदलयात्रीलाइ ठक्कर दिएको छ। घटनामा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ। तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन। घटना पछि घाइतेको उद्दार गर्नुको साटो गाडी “भागेको” स्थानीयले बताएका छन्।

Exit mobile version