Site icon ParisNepal.com – Nepali News From France

युरोपमा कोरोना विरुद्वको खोप अभियान सुरु, फ्रान्स आइपुग्यो २० हजार डोज फाइजर-बायोटेक खोप

फ्रान्स लगाएत युरोपियन युनियनमा आबद्व देशहरुमा यहि आइतवार २७ डिसेम्बर बाट कोरोना विरुद्वको खोप लगाउन सुरु गरिदै छ। त्यसै अन्तर्गत शनिवार करिब २० हजार खोप पेरिस आइपुगेको छ।

शुक्रवार पेरिस स्थित एक फार्मेसीमा खोप पुर्याइदा त्यहाँका कर्मचारी भावुक भएका थिए । -८० डिग्रीको तापक्रममा सुरक्षित तरिकाले रखिएको खोपलाइ मानव शरीरमा लगाउनु अगाडी २ देखि ८ डिग्रीमा पुर्याउनु पर्ने हुन्छ र ५ दिन भित्र प्रयोग गरिसक्नु पर्ने हुन्छ।

फाइजर-बायोटेक खोप ७५ बर्ष उमेर माथिका बिरामीहरुमा सत् प्रतिशत प्रभावकारी हुने बताइएको छ। फ्रान्समा पहिलो चरणको खोप कार्यक्रममा साना र सबैभन्दा प्रभावित शहरहरुमा खोप पुर्याइने भएको छ।

कोरोना खोप ओसारपसार र भण्डारण गर्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ। खोप आयात गर्ने ट्रकहरुलाइ प्रहरीको बिशेष सुरक्षा सहित ड्रोन मार्फत प्रतक्ष्य निगरानीमा राख्ने गरिएको छ ।

युरोपियन युनियन भित्र हंगेरीमा शनिवार बाटनै खोप लगाउन सुरु गरिएको छ। पोर्चुगलमा ९ हजार ७५० डोज आइपुगेको छ।  जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ। हाल रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन सुरु भइसकेका छन् । अहिलेसम्म जनसंख्याको आधारमा धेरै मात्रामा खोप किन्ने देशहरुमा क्रमस: क्यानाडा, बेलायत, युरोपियन युनियन(२७ देश), अमेरिका, जापान, मेक्सिको, जापान, भारत र ब्राजिल रहेका छन। नेपाल लगायत बिश्वका कम विकशित देशहरुले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने बताइएको छ। फ्रान्समा ५ चरणमा वितरण गरिने कोरोना विरुद्वको खोप निशुल्क उपलब्ध हुनेछ।

युरोपमा मात्रै कोरोनाको कारण करिब ५ लाख ४४ हजारले ज्यान गुमाएका छन। युरोपमा अहिले नयाँ प्रकारको कोरोना भाइरसले त्रास फैलाइरहेको छ, बेलायत हुदैं फ्रान्स इटाली आदि देशहरुमा नयाँ परिमार्जित कोरोना भाइरस तीव्र गतिमा फैलिदै गएको छ।

Exit mobile version