Site icon ParisNepal.com – Nepali News From France

संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदम, राष्ट्रपतिले सदर गर्न नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंबैधानिक भएको संविधानविदहरुले बताएका छन्।

यस प्रस्ताव राष्ट्रपतिले सदर गरेपनि नगरेपनि अदालतबाट खारेज हुने संविधानविद् विपिन अधिकारीले बताएका छन्। उनले संविधानको मर्मलाइ ख्याल राख्दै ‘राष्ट्रपतिले यसलाई तत्काल स्वीकार गर्नुहुन्न र फिर्ता पठाइदिनुपर्छ।’ भनेका छन्।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको प्रतिक्रिया दिएको छ । त्यस्तै  जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि संविधान बनाउदानै यो प्रावधान रखिएको थिएन भन्दै यसलाई “असंवैधानिक र अलोकतान्त्रिक कदम, हामीले संविधानसभामार्फत जुन प्रणाली ल्यायौं त्यसको धज्जी उडेको छ,” भनेका छन्। 

Exit mobile version