Site icon ParisNepal.com – Nepali News From France

मन्त्रीपरिषदको आकस्मिक बैठकः प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिश

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका छन्।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको भएतापनि फिर्ता गरिएको थिएन।

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले अविस्वास प्रस्ताव बाट बच्न प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन्।

वर्तमान संविधानले भने प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदहरूले बताउँदै आएका छन्।

Exit mobile version