Site icon ParisNepal.com – Nepali News From France

नेपाली एकता समाज फ्रान्सले सातौं बार्षिक रनिंग “एकता कप” फूटबल प्रतियोगिता गर्ने

नेपाली एकता समाज फ्रान्सले यही आउँदो ०९ सेप्टेम्बर २०१८ मा सातौं बार्षिक रनिंग “एकता कप” फूटबल प्रतियोगिता गर्ने भएको छ । संस्थाले यहि २७ अगस्ट मा एक सूचना जारि गर्दै सबै संघसंस्था तथा फूटबल टीमलाइ ०७ सेप्टेम्बर भित्र टीम दर्ता गर्न अनुरोध गरेको छ र सोहि दिन टाईसेट गोला प्रथा बाट गरिने जनाएको छ ।

यस बर्षको पुरस्कार पनि आकर्षक रखिएको छ। प्रथम पुरस्कारमा ९०० युरो कप र मेडल, द्रिटीय पुरस्कारमा ५०० युरो कप र मेडल, तृतीय पुरस्कारमा कप तथा मेडल रखिएको छ भने उत्कृष्ट खेलाडीलाइ १०० युरो र कप, सर्वाधिक गोलकर्ता लाइ १०० युरो र कप अनि उत्कृष्ट गोलकीपर लाइ ५० युरो कप र मेडल पुरस्कार रखिएको छ ।

नेपाली एकता समाज फ्रान्सले १ महिना अगाडीनै समुन्द्र भ्रमण सम्पन्न गरेको थियो र फेरी १६ सेप्टेम्बरमा Maison Alfort मा तिजको कार्यक्रम गर्ने बताएको छ ।

Exit mobile version