Site icon ParisNepal.com – Nepali News From France

कोभिड १९ को नयाँ खोप, दर्जनौ देशहरुले गरे करोडौ संख्यामा प्रि-अर्डर

फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको खोपको अहिले करोडौको संख्यामा प्रि-अर्डर भैरहेको छ। कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ।

अहिले प्रि-अर्डर गर्ने देशहरुमा अमेरिकाले १० करोड, युरोपिएन युनियन (करिब ३० करोड गर्ने प्रस्ताव), जापान १२ करोड, बेलायत ३ करोड, क्यानाडा २ करोड, कोस्टा रिका ३० लाख, पेरु १० लाख, स्विजरल्याण्ड (संख्या उल्लेख गरिएको छैन) आदि देशहरु रहेका छन। यो खोपलाइ सुरक्षित राख्न माइनस ७० डिग्री सेल्सियस भन्दा तलको तापक्रममा राख्नुपर्छ त्यसैले भ्याक्सिन अर्डर गर्ने देशहरुले त्यस प्रकारका फ्रिजको पनि अर्डर गर्न थालेका छन्।

एउटा खोपको १९,५० डलर

फाइजर र बायोएनटेकले विकास गरेको खोपको मुल्यलाइ अन्य खोपको तुलनामा सामान्य भनिएको छ। एउटा खोपलाइ १९,५० डलरको दरले एउटा बिरामीले २ पटक लगाउदा ३९ डलर तिर्नु पर्ने हुन्छ। युरोपका प्राय सबैजसो देशहरुमा सरकारले निशुल्क खोप प्रदान गर्ने भनिएको छ ।

भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोषको हिस्सा समेत समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। यो भ्याक्सिन तीन हप्ताको फरकमा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड-१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ।

साथै फाइजरका अनुसार यो वर्षको अन्तिमसम्ममा विश्वभर ५ करोड र सन् २०२१ को अन्तिमसम्ममा १.३ बिलियन डोज निर्यात गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।

श्रोत : bloomberg
Exit mobile version