Site icon ParisNepal.com – Nepali News From France

लेनदेनपछि नेकपाको विवाद मिल्छ, बेकारको हल्ला ओलीनिकट पूर्वमन्त्री बास्कोटा

RSS

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाको अहिलेको विवाद लेनदेनमा गएर टुंगिने बताएका छन् ।

नेकपामा विवाद पुनः उत्कर्षमा पुगेकोको बेला प्रधानमन्त्री केपी ओली निकट बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

‘सिद्धान्त र संगठनात्मक प्रणालीसहितकाे सङ्कट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु,’ नेकपाभित्र ओलीनिकट रहेका उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘लेनदेनकाे व्यापारिक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि । बेकारकाे हल्ला ।’ बास्कोटा आफै लेनदेन कारोबारमा मन्त्री पद बाट राजिनामा दिएर अख्तियारमा मुद्वा खेपिरहेका छन्।

नेकपाका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले भने नेकपा संकटमा रहेको र फुट हुनसक्ने संकेत गर्दै सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गरेका छन् ।

प्रचण्ड-माधव पक्षका नेताहरुले भने वर्तमान अवस्थाको बारेमा सञ्चार माध्यम वा सामाजिक सञ्जालमा केहि टिप्पणी गरेका छैनन।

पछिल्लो समय कर्णालीमा भएको विवाद, रअ का प्रमुखको प्रधानमन्त्री संग भेट, पर्सा काण्ड आदिका कारण दुई अध्यक्षविचको दुरी झन् टाढीएको बताएको छ।

Exit mobile version