Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सको लियों शहरमा फेरी आतंकवादी हमला, बन्दुकधारी आतंककारीहरुको खोजी जारी

फ्रान्सको दक्षिण पुर्वमा रहेको शहर लियोंमा फेरी इस्लामिक आतंकवादी हमला भएको छ। लियों शहरको एउटा चर्चमा भएको उक्त हमलामा एकजना पादरी गम्भीर घाइते भएको छन। ५२ बर्षिय पादरीलाइ २ ओटा गोली लागेको र अहिले अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको छ।

दुई दिन आगाडी मात्र इटाली नजिकैको निस शहरको चर्चमा आक्रमण भएको थियो जसमा ३ जनाको मृत्यु भएको थियो। हरेक दिन भैरहेका आतंकवादी आक्रमणले फ्रान्सेलीहरु दिक्क भएका छन्। चार्ली हेब्डो नामक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशित गरेपछि केहि इस्लामिक धर्मावालम्वीहरुले त्यसको व्यापक विरोध गर्दै आइरहेका थिए। कक्षा भित्र विद्यार्थीहरुलाइ प्रोफेटको कार्टुन देखाएको आरोपमा २ साता अगाडी एकजना शिक्षकको टाउको काटी हत्या गरिएको थियो। मृतक शिक्षकको श्रद्वान्जली सभामा बोल्दै फ्रान्सका रास्ट्रपती एमानुएल माक्रोंले “अभिव्यक्ती स्वतन्त्रता” मा पछि नहटने बताएपछि फ्रान्सले इस्लामिक धर्मको सम्मान नगरेको आरोप लगाउदै संसारभरी यसको विरोध हुदैँ आइरहेको छ।

आज लियोंमा भएको आतंकवादी हमलाको विस्तृत विवरण आउन आझै बाँकी छ।

 

Exit mobile version