Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा एकैदिनमा ५२ हजार थप संक्रमित, एकैदिनमा धेरै संक्रमित थपिने देशमा फ्रान्स

फ्रान्समा एकैदिनमा करिब ५२ हजार संक्रमित थपिएका छन् यो संख्या महामारीयताकै सबैभन्दा बढी हो। यो संगै कुल संक्रमितको संख्या झण्डै १२ लाख पुगेको छ। परिक्षण गरिएका मध्य १७ प्रतिशतको नतिजा पोजिटिभ आएको छ। यसअघि शुक्रवार ४१ हजार र शनिवार ४५ हजारको संख्यामा संक्रमितहरु थपिएका थिए।

गत २४ घण्टामा कोभिडको कारणले ११६ जनाको ज्यान गएको छ भने यो संगै कोभिड १९ को कारणले मृत्युहुने को संख्या ३४ हजार ७ सय ६१ पुगेको छ। आइसीयुमा करिब ७ हजारको संख्यामा कोभिड संक्रमितहरु रहेका छन। पेरिस वरिपरिका केहि अस्पतालमा बेडको अभाव हुन सुरु भएको छ । यो तथ्यांक संगै अमेरिका र भारत लाइ पछि पार्दै एकैदिनमा धेरै संक्रमित थपिने देश फ्रान्स बनेको छ।

फ्रान्समा अहिले ५४ शहरमा रातको समयमा कर्फ्यु लगाइएको तर पनि यसको ठोस नतिजा आएको छैन। सरकार अन्य उपायको खोजीमा रहेको र बेलुका ७ बजे बाट नै कर्फ्यु लगाउने, बिदाको दिनमा दिनभर कर्फ्यु लगाउने वा मार्चमा झैँ देशब्यापी लकडाउन गर्ने विषयमा बहस चलिरहेको छ।

Exit mobile version