Site icon ParisNepal.com – Nepali News From France

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाइ कोरोना संक्रमण

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सामाजिक सञ्जालमार्फत आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी दिदै भट्टराईले ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भनेका छन्।

पछिल्लो समय भट्टराई गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए। जनता समाजवादी पार्टीको कार्यक्रममा मास्क विनानै धेरै सहभागी हुने गरेको भन्दै आलोचना हुदैं आइरहेको थियो।

पार्टी प्रवेशको कार्यक्रमकै सिलसिलामा भट्टराईलाइ कोभिड-१९ भाइरस संक्रमण भएको हुनसक्ने बताइएको छ।

Exit mobile version