Site icon ParisNepal.com – Nepali News From France

एनआरएनए क्षेत्रीय बैठक तयारी पुराः यस्तो छ कार्यक्रमको रुपरेखा

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद, एनआरएनए युरोपको १३ औं क्षेत्रीय भेला तथा विज्ञ सम्मेलनको तयारी पुरा भएको जानकारी प्राप्त भएको छ।

विगतका बर्षहरु झैँ स्टार होटेलमा गरिने कार्यक्रम यसपटक कोरोना महामारीका विच अनलाइन मार्फत संचालन हुनेछ । यसअघि एसिया प्यासिफिक क्षेत्रीय बैठक पनि भर्चुअल प्रविधि बाटै सम्पन्न भएको थियो भने विभिन्न देशका रास्ट्रिय साधारण सभा समेत अनलाइन मार्फत आयोजना गरिदै छन ।

कार्यक्रमको रुपरेखा तय भएअनुसार अक्टुबर ३ तारिख शनिवार उद्धघाटनसत्र हुने र त्यसमा नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराई, कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, पूर्वमन्त्री गगन थापा, गंगाधर तुलाधार, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु लगायत करिब ३० जना बक्ताहरुले मन्तब्य राख्ने बताइएको छ। त्यसलगतै युवा फोरम र महिला फोरमका कार्यक्रम, आइसीसीका परियोजनाहरु बारे बहस, युरोपका नेपाली राजदुतहरुसंग अन्तरक्रिया/बहस, रास्ट्रिय समन्वय परिषदका विवरण पेश गर्ने कार्यक्रम, मिडिया फोरम र गोर्खा फोरम आयोजना हुने छन।

दोस्रो दिन आइतवार विज्ञ सम्मेलन आयोजना गरिने छ। कार्यक्रममा सहभागीहरुले आ-आफ्नो विज्ञताका आधारमा कार्यपत्र प्रस्तुत गर्ने छन । विज्ञ सम्मेलनमा ५ वटा सेसनमा कार्यक्रममा हुनेछन। दोश्रो यूरोपेली ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा कार्यपत्रहरु प्रस्तुत गर्ने विज्ञ सम्मेलन संयोजक राजु अर्यालले बताए । अर्यालले ज्ञान सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहभागी हुने जानकारी दिएका छन । यस्तै युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले सम्मेलन अन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला, चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा महिला नेतृ रामकुमारी झांक्री र नेपाली कांग्रेसकी महिला नेत्री डिना उपाध्याय लगायत सहभागी हुने जानकारी दिएकी छिन ।

Exit mobile version