Site icon ParisNepal.com – Nepali News From France

रसियाले कोरोना विरुद्वको खोप पत्ता लगाएको रास्ट्रपति पुटिनको दावी

भ्लादिमिर पुटिन - Alexei Nikolsky/AP/SIPA

भ्लादिमिर पुटिन - Alexei Nikolsky/AP/SIPA

राष्ट्रपति भ्लादिमिर पुटिनले आज एक मन्त्रीस्तरीय बैठकमा बोल्दै रसियाले कोरोनाभाइरस (कोभिड- १९) को पहिलो र सफल भ्याक्सिन बनाएको घोषणा गरेका छन् ।

समाचार एजेन्सी एफपीका अनुसार रसियाको गामालेया नेशनल रिसर्च सेन्टरमा निर्माण भएको उक्त भ्याक्सिन रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको बताइएको छ। भ्याक्सिनको पहिलो परीक्षण स्वयमंसेवकहरुमा गरिएको थियो। 

पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताए। त्यसबाट सकारात्मक नतिजा आएको र रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पुटिनले बताए।

‘मेरी छोरीलाई पनि कोरोनाभाइरस संक्रमण भएको थियो, उनलाई हामीले यो नयाँ भ्याक्सिन दियौं, केही समयका लागि तापक्रम बढ्यो तर अहिले उनी बिलकुल ठीक छिन्,’ पुटिनले भनेका छन् ।

पुटिनले छिट्टै ठूलो संख्या यसको उत्पादन सुरु गर्ने घोषणा पनि गरेका छन् । विश्वभर अहिले कोरोनाको भ्याक्सिन बनाउने काम चलिरहेको छ । डब्लूएचओका अनुसार अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, चीन, जापान आदि गरी बिभिन्न देशहरुमा १०० भन्दा बढी भ्याक्सिनमा काम चलिरहेको छ।

रुसले बनाएको भ्याक्सिनलाई स्वास्थ्य सम्बन्धी विश्वब्यापी सँस्था डब्लूएचओले मान्यता भने दिइसकेको छैन । यदि रुसले दावी गरेजस्तै यो भ्याक्सिन सफल भएमा दुनियाँका लागि निकै ठूलो उपलब्धि हुनेछ ।

Exit mobile version