Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सका प्रधानमन्त्री फिलिपको राजिनामा, लोकप्रिय नगर प्रमुख बने नयाँ प्रधानमन्त्री

फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले राजीनामा दिएका छन् । फिलिपले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएको बताएका हुन्। एडवार्ड फिलिपले बुझाएका पत्रमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अनुमोदन समेत गरिसकेका छन् ।

फ्रान्सको स्थानीय चुनाव सकिपछी सरकार परिवर्तन हुन सक्ने संकेत देखिएपनि विहिवार मात्र फ्रान्सका सञ्चार माध्यमहरुले त्यसलाई पुष्टि गर्न सकेका थिए। प्रधानमन्त्री फिलिपले यसअघिनै स्थानीय चुनावमा नगरपालिका प्रमुखको पदमा जितेपछि प्रधानमन्त्रीको कुर्ची छोड्न सक्ने अभिव्यक्ती दिएका थिए।

धेरै चर्चामा आउन नरुचाउने र आफ्नो कामलाइ प्राथमिकतामा राखेर विवादमा नआउने फिलिप अहिले सम्मकै धेरै रुचाइएका प्रधानमन्त्रीमा पर्दछन। उनलाई धेरैले अबको रास्ट्रपदीय चुनावमा उम्मेदवारको रुपमा अनुमान गरेका छन।

फिलिपको राजिनामा संगै रास्ट्रपति एमानुएल माक्रोंले केन्द्रिय राजनीतिमा एकदमै नयाँ अनुहार जँ कास्तेक्सलाइ आजै प्रधानमन्त्रीमा नियुक्ति गरेका छन्। उनि पनि भू पु प्रधानमन्त्री फिलिप जस्तै लोकप्रिय नगरप्रमुख हुन। हालै उनले ७६ प्रतिशत भोट प्राप्त गरि भारी बहुमतका साथ पहिलो चरणमै स्थानीय चुनाव जितेका थिए।

युरोप समर्थक मध्यमार्गी मक्रोंले यसपटक पनि परम्परागत पार्टीबाट बहिरिएर आफु तर्फ आएका र हालसम्म स्वच्छ छवि बनाएकालाइ प्रधानमन्त्रीमा नियुक्ति गरेका छन। फ्रान्समा प्रत्यक्ष निर्वाचन प्रणाली बाट निर्वाचित रास्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने र प्रधानमन्त्रीले सरकार चलाउन अन्य मन्त्रिहरु नियुक्ति गर्ने ब्यबस्था रहेको छ। ५५ वर्षीय जँ कास्तेक्सले आजै बाट सरकार प्रमुखको रुपमा कार्यभार सम्हाल्दै छन।

Exit mobile version