Site icon ParisNepal.com – Nepali News From France

नेपालका चर्चित कलाकारहरुको साथमा एन आर एन फ्रान्सको तिज कार्यक्रम सम्पन [ भिडियो फोटो सहित ]

पेरिस, फ्रान्स एन.आर.एन ए फ्रान्सको अायोजनामा २ सेप्टेम्बर २०१८ का दिन तिज धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।  

तिन जना ख्यातीप्राप्त नेपाली गायककारहरु नलिना चित्रकार, मिलन लामा र रिता के. सी. को उपस्त्तिथि तथा प्रस्तुति रहेको उक्त कार्यक्रममा उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गरेका थिय भने प्रमुख अतिथिमा फ्रान्सस्थित राजदुत अम्बिका देवी लुइँटेल थिइन। एन आर एन फ्रान्सका पुर्व तथा बर्तमान पदाधिकारीहरु, अन्य संघ संस्थाका पदाधिकारीहरुको पनि कार्यक्रममा उपस्तिथि रहेको थियो। महिला दिदिबहिनीहरुको बढी बाहुल्यता रहेको उक्त कार्यक्रममा पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

गायीका रिता के सीले आफ्ना तिजका गितहरु गाएर महिलाहरूलाइ नाचाएकि थिइन साथै ख्यातिप्राप्त  गायक गायिका नलिना चित्रकार र मिलन लामाले आफ्ना लगाएत विभन्न चिरपरिचित गीतहरु गएर सबैलाई नाचाएका थिए । नलिना चित्रकारको “पानी पनि भयो मेरो मन पनि“ गित बाट सुरु भएको सांकृतिक कार्यक्रम, रिता केसी को “बम बम भोले” हुदै मिलन लामाको “माझीदाई पोखरा फेवातालको” गित सम्म आउदा पनि दर्शकहरु पुरै जोशका साथ नाचेर मनोरन्जन लिएका थिए ।  

फ्रान्समा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई निशुल्क तिजको दर खुवाउने, नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र  नेपाली परम्परा लाई आत्मसाथ साथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने उद्देस्यले कार्यक्रलाइ प्रस्तुत गरिएको संस्थाका प्रवक्ता प्रकाश सापकोटाले बताएका छन ।

अध्यक्ष मल्लले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपवाट अहोरात्र खटीएका सबैलाई एक सूचना मार्फत धन्यबाद दिएका छन।

 

Exit mobile version