Site icon ParisNepal.com – Nepali News From France

नेपालमा रहेको ७ अर्ब भारतीय नोट नसाटिने भन्दै भारतीय रिजर्भ बैंकले जवाफ फर्कायो

मणि दाहाल, काठमाडौँ

नेपाली बैंक र सर्वसाधारणसँग रहेको ५ सय र १ हजार रुपियाँका भारतीय नोटहरु भारतले नसाट्ने पक्का भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएकै बेला यस्तो रिपोर्ट आएको हो। नेपालले भारतसँग नेपालमा रहेको करिब सात अर्ब ५ सय र १०० दरका भारतीय नोट साट्न आग्रह गर्दै आएको थियो।

नेपालीसँग अर्बौँ प्रतिबन्धित भारतीय रुपैयाँ साट्न बाँकी रहँदा भारतको केन्द्रीय बैँकले नोटबन्दीमा पनि भारतीय नोट साट्न कामले पूर्णता प्राप्त गरेको जनाएपछि नेपालमा रहेको उपरोक्त दरका नोट नसाटिने पक्का भएको हो।

नेपाली बैंक र सर्वसाधारणसँग उपरोक्त दरका नोटहरु करिब सात अर्ब भारतीय रुपैयाँ रहेको छ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले गत वर्षसम्म ‘बैंकिङ च्यानलमा आएको प्रतिबन्धित नोटहरु गन्न बाँकी रहेको’ भन्दै आएको थियो।

तर, नेपालमा रहेको भारतीय नोटहरु उता नलैजाँदै सो बैंकले सार्वजनिक गरेको प्रतिवदेनमा नोटबन्दी साट्न प्रक्रिया पुरा भएको उल्लेख गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

 

Exit mobile version