Site icon ParisNepal.com – Nepali News From France

कुवेतका करिब ३०० नेपाली महिला श्रमिक आज नेपाल फर्किदै

कुवेतबाट करिब ३०० नेपाली महिला श्रमिकहरुलाई लिएर जाजिरा विमान काठमाण्डौ आइपुगेको छ । दुइ ओटा न्यारोबडी जहाजमा गरी उनीहरुलाइ नेपाल पुर्याइएको हो। कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।

भिसा अवधि सकिएका, रोजगारदाता परिवर्तन गरेर अवैध हैसियतमा बसेका सबैले आममाफी पाएपछी उनीहरुलाइ क्याम्पमा लागि रखिएको थियो। काठमाण्डौ अवतरण लगत्तै उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वरेण्टीनमा बस्न पर्नेछ ।

कुवेत सरकारले आममाफी दिएका श्रमिकहरुलाइ सेल्टरमा लगेर राख्ने गरेको छ। यस्ता सेल्टरहरुमा करिब २८ सय नेपाली रहेको अनुमान छ । केही दिन अगाडी सेल्टरमा रहेका महिलाहरुले आफूहरुलाई नेपाल सरकारले चाँडो नेपाल जाने बाटो खोलिदियोस भनेर आक्रोश पोख्दै सामाजिक सञ्जालमा अपिल गरेका थिए। सेल्टरबाट बंगलादेश, ईन्डिया, श्रीलंका र अफ्रिकन देशहरुले समेत आफ्ना नागरिकहरुलाई लगेका छन । समस्या विकराल बन्दै गएपछि केहि दिन अगाडी उनीहरुले देश फर्किन पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए। केहि मजदुरहरुले आफूहरुलाई खानाको समेत पैसा कम्पनीले नदिने भएको भन्दै कम्पनी कार्यलय घेराउ गरेका थिए । श्रमिकहरुको धैर्यता टुट्ने अवस्था भईसकेको अवस्थामा अहिले पहिलो चरणमा ३०० नेपाली महिला फर्काइएका हुन ।

Exit mobile version