Site icon ParisNepal.com – Nepali News From France

भूमि अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ एनआरएन फ्रान्सको ज्ञापनपत्र

नेपाली भूमि अतिक्रमणको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सबाट एक विरोधपत्र पठाइएको छ । गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले शुक्रबार हुलाकमार्फत ‘प्रोटेस्ट नोट’ पठाएको हो । पत्रमा प्रधानमन्त्री मोदी र फ्रान्सस्थित भारतीय हाई कमिसन दुवैलाइ सम्बोधन गरिएको छ ।

पत्र संगै जारी अर्को बिज्ञप्तिमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक मार्ग निर्माण गरेकोमा भत्सर्ना गर्दै नक्सा सच्च्याउन तथा सिमानामा तैनाथ भारतीय फौजलाइ फिर्ता गरी बार्ताको माध्यम बाट समाधान खोज्न माग गरिएको छ। भारतीय पक्षबाट भएको अतिक्रमणले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि प्रहार गरेको आरोप लगाइएको छ ।

अतिक्रमित क्षेत्र नेपाली भूभाग रहेको प्रमाणित गर्ने पर्याप्त ऐतिहासिक प्रमाणहरु रहेको दाबी पत्रमा छ । नेपाल र भारतबीच विशेष सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै पत्रमा दुई देशबीचको सीमासम्बन्धी विवाद कुटनीतिक वार्ताबाटै समाधान गर्न माग समेत गरिएको छ ।

Exit mobile version