Site icon ParisNepal.com – Nepali News From France

प्रचण्ड-ओली द्वारा नेपाली भूमिमा भारतीय हस्तक्षेप विरुद्ध संयुक्त वक्तव्य

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चीनको मानसरोवर जाने यात्रीका लागि भन्दै नेपाली भूमि लिपुलेक हुँदै भारतले बनाएको सडकलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

नेपाली भूमि लिपुलेकमा अनधिकृतरुपमा बनाइएको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै कडा आपत्ति जनाएका छन्।

उनीहरुले सारा मानव जगत कोरोना भाइरसबाट सिर्जित अकल्पनीय स्वास्थ्य संकटको सामना गरिरहेको र सम्पूर्ण शक्ति महामारीविरुद्धको लडाईँमा केन्द्रित भइरहेका बेला भारतबाट यस्तो घटना हुनु खेदजनक भएको टिप्पणी गरेका छन्।

‘सबै ऐतिहासिक तथ्य, प्रमाण र सुगौली सन्धीले समेत लिम्यिाधुरा, कालापानी, लिपु लेक लगायतका काली (महाकाली) पूर्वका सम्पूर्ण भूभाग नेपालको भएको स्पष्ट पारेको छ,’ उनीहरुद्वारा जारी वक्तव्यमा भनिएको छ। दुबै मुलुकको उच्च राजनीतिक तहमा भएको सहमति अनुरुप गठन गरिएको संयन्त्रबाट सीमा विवाद समाधानका लागि नेपाल सरकारले निरन्तर अनुरोध गरिरहेको पृष्ठभूमिमा एकतर्फीरुपमा कदम चालिनु आपत्तीजनक भएको बताएका छन्।

Exit mobile version