Site icon ParisNepal.com – Nepali News From France

नेकपाको स्थायी कमिटी बैठक बोलाइयो, प्रधानमन्त्री ओलीले गरे आत्मआलोचना

नेकपा

नेकपा सचिवालय बैठक, फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति बैठक वैशाख २५ गते बोलाउने निर्णय गरेको छ। 

प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकका निर्णयहरु जानकारी गराउदै आगामी बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको उनले जानकारी दिएका छन। ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेका थिए।

नेकपा सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ। त्यसका लागि उपयुक्त समयमा प्रत्यन गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।

Exit mobile version