Site icon ParisNepal.com – Nepali News From France

युरोप स्तरीय “होम स्टार” कार्यक्रममा उत्साहपूर्ण सहभागिता, भिडियोहरु आउने क्रम जारी

युरोपमा लकडाउनमा रहेका स्थानीय नेपाली कलाकारहरुलाइ हौसला प्रदान गर्दै उनीहरुका प्रतिभालाइ सबै माझ पुर्याउने उदेश्यले युरोप स्तरीय होम स्टार कार्यक्रम सुरु भएको छ।

युरोपका प्राय देशहरु अहिले कोरोना भाइरसको माहामारीको कारणले लकडाउनको अवस्थामा रहेका छन। घर बाट बाहिर जान, भेला हुन, सभा सम्मेलन र प्रतियोगिताहरु आयोजना गर्न निषेध गरिएको छ। यस कठिन अवस्थामा युरोपमा बस्ने सबै प्रतिभावान नेपाली कलाकारहरुलाइ एक नयाँ भर्चुअल मंचमा जम्मा गर्दै प्रतिस्पर्धा गराउने रचनात्मक कार्यक्रम “होम स्टार” को अवधारणा अगाडी सारिएको छ । कार्यक्रममा भाग लिन कलाकारहरुले घर बाटै आफ्ना प्रस्तुतीहरु भिडियो मार्फत पठाउनु पर्ने हुन्छ। युरोप भर बाट आउने ति प्रस्तुतीहरु मध्य सबै भन्दा धेरै हेरिएको र लाइक गरिएकोलाइ विजेता घोषित गरिने छ।

आभाष आचार्य प्रोडक्सन र पेरिसनेपाल डट कमको संयुक्त पहलमा सन्चालन हुने यस कार्यक्रमले लकडाउनमा दिक्क भएका नेपालीहरुलाइ मनोरञ्जन प्रदान गर्दै कलाकारहरुलाइ हौसला दिन, यस फुर्सदिलो समयको सदुपयोग गर्दै रचनात्मक कार्यमा नेपालीहरुको ध्यान केन्द्रित गर्न, नेपाली भाषा कला संस्कृतीलाइ प्रवासमा प्रवर्द्वन गर्न सबै उमेर समूहलाइ कार्यक्रममा सहभागी गराउन सफल भएको छ।

गत २६ अप्रिल बाट सुरु भएको कार्यक्रममा हालसम्म युरोपका बिभिन्न देशहरु बाट ४० भन्दा बढी कलाकारहरुका भिडियोहरु प्राप्त भएका छन भने अझै दर्जनौ प्रस्तुतिहरु आउने क्रममा रहेका छन्। प्रतियोगितामा भाग लिन इमेल वा म्यासेन्जर मार्फत आफ्नो प्रस्तुति पठाउनु पर्ने हुन्छ । फेसबुक पेजमा राखिएका प्रतियोगीहरुको भिडियो मध्य सबै भन्दा धेरै हेरिएका र लाइक गरिएका भिडियोहरु अन्तिम ५ मा पुग्नेछन। अन्तिम ५ प्रतियोगीहरुले पुन: आफ्नो दोस्रो प्रस्तुति (रचना) पठाउनु पर्ने छ, त्यस मध्य पनि धेरै हेरिएको र लाइक पाएको प्रस्तुतीलाइ विजेताको रुपमा घोषणा गरिने छ। इच्छुक सहभागिहरु ले नृत्य, गायन, अभिनय, क्यारिकेचर, र्याप, बिटबक्स, चित्रकला, कविता, वाध्यवधान इत्यादी प्रस्तुतीहरु पठाउन सक्ने छन्।

विजेतालाइ पहिलो युरोप स्तरिय होम स्टार घोषित गरिने छ र आभाष आचार्य प्रोडक्सनको आगामी भिडियोमा पारश्रमिक सहित काम गर्ने अवसर दीइने छ।

कार्यक्रममा भाग लिन इमेल गर्नुहोस :

avashacharyaproductions@gmail.com 

वा

 parisnepalnews@gmail.com मा

अफिसियल फेसबुक पेज :

पेरिसनेपाल डट कम : https://www.facebook.com/parisnepalofficial

आभाष आचार्य प्रोडक्सन : https://www.facebook.com/avashacharyaproductions

घर बस्नुहोस, आफ्नो प्रतिभा देखाउनुहोस र बन्नुहोस युरोपकै पहिलो Home Star ★ !!

थप जानकारी र नियमहरु यसप्रकार छन् :

Exit mobile version