Site icon ParisNepal.com – Nepali News From France

अँध्यारोको आयु

रोकिएका छन आज
लाखौं मजदूरका हातहरू
निस्क्रिय छन् आज 
सयौं थुंगाफुल फुलाउने सिंगो बसन्त 
स्तब्ध छन् आज 
पसीनाका मोती दाना 

कुसंस्कार छ, 
कुरीती छ, 
भ्रष्टाचार छ, 
अविश्वास छ, 
धोका छ, घात छ 
अझ थपिएको छ कोरोना 
उफ्, यो कस्तो सकस 

सुदूर क्षितिजमा छ 
पुग्नु पर्ने गन्तव्य 
अप्ठेरो बाटो छ 
अँध्यारो छ निस्पट्ट 

आऊ एउटा मशाल जलाउनु छ अब 
अँध्यारोको साम्राज्य ढलाउनु छ अब 

मीना अधिकारी, फ्रान्स

------

तपाइँ पनि आफ्ना रचनाहरु हामीलाई पठाउन सक्नु हुने छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यसै सन्दर्भमा लेखिएका रचनाहरुलाइ हामीले मे महिना भर राख्दै जाने छौं।

रचना पठाउन : parisnepalnews@gmail.com मा फोटो सहित इमेल गर्नु होला वा हाम्रो फेसवुक पेज https://www.facebook.com/ParisNepalOfficial मा inbox गर्नुहोला, धन्यवाद।

Exit mobile version