Site icon ParisNepal.com – Nepali News From France

हलिवुड र बलिवुडमा चर्चित अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको दुखद निधन भएको छ।

दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। 
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए। खानकी आमाको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

उनले निर्देशकको रुपमा अझै राम्रा चलचित्र पस्किने बताउदै आएका थिए।

Exit mobile version