Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा एक महिनामा झण्डै २ लाख ४६ हजार बेरोजगार थपिए

फ्रान्सको बेरोजगारी सम्बन्धि हेर्ने सरकारी निकाय पोल अम्प्ल्वा ले हालै एक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै देश भर मार्च महिनामा बेरोजगारी दर ७.१ प्रतिशतले बढेको जानकारी दिएको छ।

फ्रान्समा बेरोजगारीहरुको तथ्यांक राख्न सुरु भएदेखिकै यो सबैभन्दा उच्च बृद्वीदर हो। कोरोना भाइरसको महामारी सुरु भएपछि फ्रान्स १७ मार्च देखि लकडाउनको अवस्थामा रहेको छ। जनवरी र फेब्रुअरी महिनामा घट्दो क्रममा रहेको बेरोजगारी दर एक्कासी बढेर अहिले झन्डै ९ को हाराहारीमा पुगेको छ। केहि दिन अघि फेच रेटिन्ग्सले सार्वजनिक गरेको अनुमानित नतिजा अनुसार २०२० मा फ्रान्सको कुल ग्राहस्थ उत्पादन (PIB/GDP) मा ७ प्रतिशतले गिरावट आउने बताइएको छ। बेरोजगारी दर अप्रिल महिनामा अझै बढी आउने अनुमान गरिएको छ।

लकडाउन सुरु भएदेखि प्राय कम्पनिहरुले आफ्ना कामदारलाइ आंसिक बेरोजगारको रुपमा राखिदिएका छन। जसमा कम्पनिले केहि तलब दिन्छ भने सरकारले बाँकी थपथाप गरिदिन्छ। एकै पटक धेरै कम्पनिहरु आर्थिक भार परेर धरासायी नहुन भनेर सरकारले यो ब्यबस्था लागु गरेको हो।

फ्रान्समा कोभिड १९ सुरु भएदेखि करिब १ करोड कामदारहरुलाइ आंसिक बेरोजगारको रुपमा रखिएको छ। करिब ८ लाख ६० हजार कम्पनिहरुले आंसिक बेरोजगारको लागि आवेदन दिएका थिए। आंसिक बेरोजगारमा रहेकाहरुले ८५ प्रतिशत सम्म तलब बुज्ने गर्दछन। कुनै कम्पनिहरुले शत प्रतिशत तलब दिने गरेका पनि छन।

Exit mobile version