Site icon ParisNepal.com – Nepali News From France

युरोप स्तरीय होम स्टार प्रतियोगिता आयोजना गरिने ! घर बाटै पठाउनुहोस आफ्नो प्रतिभा [🔴]

युरोपका प्राय देशहरु अहिले लकडाउनको अवस्थामा छन, घर बाट बाहिर जान, भेला हुन, सभा सम्मेलन र प्रतियोगिताहरु आयोजना गर्न निषेध गरिएको छ। यो परिवेशमा युरोपका नेपाली कलाकारहरु पनि आफ्नो घर भित्र बस्न बाध्य छन र ति मध्य केहि केहि केवल इन्टरनेटको माध्यम बाट सामाजिक सञ्जालमा आफ्ना प्रस्तुतिहरु राखिरहेका छन। सामाजिक सञ्जालका पानाहरुमा हराइरहेका ति प्रस्तुतिहरुलाइ यतिकै खेर जान नदिन र राम्रो प्रस्तुती दिने कलाकारलाइ सम्मान र पुरस्कृत गर्दै अन्यलाइ अझ प्रगति गर्दै जान हौसला प्रदान गर्ने उदेश्यले आभाष आचार्य प्रोडक्सन र पेरिसनेपाल डट कम को आयोजनामा युरोप स्तरीय होम स्टार प्रतियोगिता आयोजना गरिने भएको छ।

कोभिड १९ ले आक्रान्त नेपाली समुदायको ध्यान कला, संगीत रचाना आदि रचनात्मक कार्यहरु तर्फ आकर्षित गरेर यो महामारी बेला घरमै समयको सहि सदुपयोग होस् भन्ने पनि “होम स्टार” को उदेश्य हो। काय्रक्रममा यी सबै सकारात्मक पक्षलाइ आत्मसाथ गरेर आभास आचार्य प्रोडक्सन र पेरिस नेपाल डट कमले युरोपका सबै देश बाट नेपालीहरु बिभिन्न विधामा भाग लिन सकिने बन्दोबस्त मिलाई कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रतियोगितामा भाग लिन आफ्नो प्रस्तुति इमेल मार्फत पठाउनु पर्ने हुन्छ । फेसबुक पेजमा राखिएका प्रतियोगीहरुको भिडियो मध्य सबै भन्दा धेरै हेरिएका र लाइक पाएका भिडियोहरु मध्य अन्तिम ५ ले पुन: आफ्नो दोस्रो प्रस्तुति (रचना) पठाउनु पर्ने छ, त्यस मध्य धेरै हेरिएका र लाइक पाएकालाइ हामीले विजेताको रुपमा घोषणा गर्ने छौं। नृत्य, गायन, अभिनय, क्यारिकेचर, र्याप, बिटबक्स, चित्रकला, कविता, वाध्यवधान इत्यादी जस्ता सबै प्रकारका प्रतिभा प्रस्तुत गर्न सकिने छ।

विजेतालाइ पहिलो युरोप स्तरिय होम स्टार घोषित गरिने छ र आभाष आचार्य प्रोडक्सनको आगामी भिडियोमा पारश्रमिक सहित काम गर्ने अवसर दीइने छ।

कार्यक्रममा भाग लिन इमेल गर्नुहोस :

avashacharyaproductions@gmail.com 

वा

 parisnepalnews@gmail.com मा

अफिसियल फेसबुक पेज :

पेरिसनेपाल डट कम : https://www.facebook.com/parisnepalofficial

आभाष आचार्य प्रोडक्सन : https://www.facebook.com/avashacharyaproductions

 

घर बस्नुहोस, आफ्नो प्रतिभा देखाउनुहोस र बन्नुहोस युरोपकै पहिलो Home Star ★ !!

थप जानकारी र नियमहरु यसप्रकार छन् :

 

Exit mobile version