Site icon ParisNepal.com – Nepali News From France

नेपाली एकता समाज फ्रान्सको राहत वितरण सुरु, एकैदिनमा ९५ जनालाइ सहयोग

नेपाली एकता समाज फ्रान्सले कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउन (बन्दाबन्दी)ले जनजीवन कठिन भइरहेको भन्दै फ्रान्समा समस्यामा परेका नेपालीहरुलाइ सहयोग गर्न सुरु गरेको छ ।

हिजो शनिवार मात्रै सँस्थाले ९५ जनालाई राहत वितरण गरेको अध्यक्ष प्रमोद पाण्डेले जानकारी दिएका छन। सस्थांका सरंक्षक, सल्लाकार र कार्यसमितीका सदस्यहरु मिलेर राहत लिन चाहाने विधार्थीहरुको घर घरमा पुगी वितरण गरिएको बताउदै उनले बिधार्थी मात्र नभई समस्यामा रहेका र आफुहरु पुग्न सक्ने ठाउँ सम्म रहेका सम्पूर्ण नेपालीहरुलाइ राहत वितरण गर्न सकिने जानकारी दिए।

केहिदिन अधि सँस्थाले राहात वितरण गर्ने जानकारी दिदैं आवस्यक पर्नेले सम्पर्क गर्न सूचना जारी गरेको थियो। फ्रान्समा लकडाउन ११ मे सम्म कायम रहने घोषणा गरिएको छ। त्यस्तै रेस्टुरेन्ट, होटेल, बार सिनेमा लगायत व्यवसायहरु १५ जुलाई सम्म बन्द रहन सक्ने भनिएको छ भने विश्वविधालयहरु सेप्टेम्बर सम्मै बन्द रहने छन्।

श्रोत : संस्थाबाट : एकता समाज फ्रान्स

राहतको बिषयमा सँस्थाले जारी गरेको सूचना :

Exit mobile version