Site icon ParisNepal.com – Nepali News From France

विदेशमा हालसम्म ११ सय भन्दा बढी नेपाली कोरोना संक्रमित, २८ को मृत्यु

विदेशमा हालसम्म २८ जना नेपालीले कोरोना भाइरस (कोभिड-१९) को कारणले ज्यान गुमाएको र नेपालमा सहित ११६६ जना संक्रमित भएको तथ्यांक गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले सार्वजनिक गरेको छ।

संघले सार्वजनिक गरेको साप्ताहिक तथ्यांक अनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्याण्डमा १ गरी २८ नेपालीको मृत्यु भएको जनाइएको छ।

कोरोना संक्रमित हुने नेपालीहरुमा अमेरिकामा सबैभन्दा बढी ७ सय, बेलायतमा २ सय, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगलमा २२, आयरल्याण्डमा २२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्वीट्जरल्याण्डमा ५, साउदी अरब, बेल्जियम र जर्मनीमा ४-४ जना, क्यानडा र मलेसियामा ३-३ जना, माल्टामा २, हङकङ, जापान, फ्रान्स र म्यानमारमा १-१ जना नेपाली कोरोना संक्रमित भएका छन् । संक्रमितहरुको बारेमा दीइएको तथ्यांकमा भने धेरै अनुमानित जस्तै देखिएको छ।

समितिका अनुसार विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ–सँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई यो तथ्यांक तयार पारिएको हो ।

 

Exit mobile version