Site icon ParisNepal.com – Nepali News From France

वायु प्रदूषण हटे संगै हिमाल देखिन थालेपछि भारतीयहरु अचम्मित

भारतको उत्तरप्रदेश बिहार र पन्जाबका बासिन्दाहरुले दशौँ बर्ष देखि नदेखेका हिमालहरु वायु प्रदुषण हटे संगै देख्न पाएकोमा दंग परेका छन्।

कोरोना भाइरस नियन्त्रण गर्न नेपाल र भारत दुवै देशका सरकारले लकडाउन (बन्दाबन्दि) गरे संगै उत्तरी भारत र नेपालको वायु प्रदुषण हटेको छ। प्रदुषण हटे संगै बसन्त ऋतुको रमणीय वातावरणमा हिमाल देख्न पाउनु जो कोहिको लागि पनि खुसिको कुरा हो। भारतीयहरुले यसै खुसिलाइ सामाजिक सञ्जाल मार्फत अभिव्यक्त गर्दा अहिले यो बिषय अन्तरास्ट्रिय सञ्चार माध्यम सम्म पुगेको छ।

भारतको पन्जाबमा अवस्थित जलन्धर गाउँका बासिन्दाले कहिले काहीं मात्र देखिने हिमाल प्रस्ट र चम्किलो देख्दा दंग र भावुक बने।

यतिबेला विश्वका धेरै सञ्चार माध्यमहरुले यसलाई उत्सुकताका साथ प्रस्तुत गरिरहेका छन। वातावरणमा एकाएक आएको यो परिवर्तनले पक्कै पनि मानिसका क्रियाकलापहरुमा परिवर्तन गर्नुपर्ने पाठ सिकाउने छ। यतिबेला कोरोना भाइरसको महामारीले हरेक देशको स्वास्थ्य क्षेत्र, अर्थव्यवस्था र संगसंगै वातावारणीय (ग्लोबल वार्मिंग) क्षेत्रमा रहेका कमी कमजोरी छर्लंग परिदिएको छ। सबै देशहरु एकै पटक एउटै समस्यामा झेलिदा त्यो देशको सरकारले अबिलम्बन गर्ने नीति र त्यसबाट निस्किने नतिजाले प्रत्यक देशलाई र त्यस देशको व्यवस्था लाइ सरल तरिकाले तुलना गर्न सकिने भएको छ।

दक्षिण एसियाको जन घनत्व : श्रोत सीएनएन

 

केहिदिन देखिको यो लकडाउनले पृथ्वीकै सर्वाधिक जनघनत्व भएको यस क्षेत्रका मान्छेलाइ पनि सफा सास फेर्ने अवसर दिएको छ। वातावरणमा आएको यो आकस्मिक परिवर्तनले कतिलाइ मोहित र राज्यको वातवरणीय नीतिमा दोर्याएर सोच्न बाध्य बनाएको छ।

 

Exit mobile version