Site icon ParisNepal.com – Nepali News From France

कोरोना त्रास अनि मृत्युको अंक-गणित

[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन[/avatar]

कोरोना देखि साबधानी अपनाउने,सरकारी नियम पालना गर्ने एक अर्काको सुरक्षा गर्ने त सबैले गरेकै छौं ,तर पनि समाचारहरु र सामाजिक संजालमा आइरहेका एकोहोरा त्रासयुक्त खबरले नचाहदा नचाहदै हामीलाई हाइसन्चोमा राख्न सकेको छैन । आउनुस यो समयलाई एकछिन कम नकारात्मक आँखाले पनि हेर्ने कि ?
म बसेको देश फ्रान्स भएको र यहाँ उपलब्ध तथ्यांकको अध्यनपछि केही जानाकारी बाड्न चाहेको हुँ।
२०१३ मा गरिएको मृत्युदर अध्यायनको तथ्यांकको आधारमा फ्रान्समा १ बर्षमा मात्रै ५,६५,०७८ जनाको अकालमै मृत्यु हुदो रहेछ।अर्थात, हरेक दिन लगभग १५५३ जनाको ज्यान जाँदो रहेछ। श्वास-प्रस्वास सम्बन्धि रोगका कारण ३७,६२६ मुटु र रक्तसञ्चार सम्बन्धि ब्यथाबाट मात्रै १,४२,१७५ र शरिरका विभिन्न अंगहरुका ट्युमरबाट पनि १,६३,६०२ जनाको ज्यान गएको कुरा तथ्यांकले बताउछ। त्यसैगरी डाइबेटिज बाट मात्रै  पनि २०,२६५ जनाको मृत्यु भएको देखिन्छ।
जम्मा जम्मी हरेक बर्ष, पाँच लाख सत्सट्ठी हजार फ्रान्सेलीहरु दुर्घटना, हत्या, आत्म्हत्या, एड्स,मुटु, श्वास प्र्स्वास, मृगौला, एभिसि लगाएत अनेकौं भबितब्यका शिकार हुने गरेका छन।अहिले कोरोनाको मृत्यु दर हेर्दा माथिको तथ्यांकको तुलनामा अत्यन्तै कम देखिन्छ ।
यो त मैले भेटेको फ्रान्सको तथ्यांक हो तर यस्तै आँकडाका तथ्यांकहरु सामान्यतया हरेक देशमा हुने नै गर्छन। नेपालको हकमा के छ भनेर खोज्दा, मेरो पहुँच पुग्न नसकेपनि खोजेर सार्बजनिक गर्न सक्ने साथिहरु नेपालमा प्रसस्त हुनुहुन्छ। जान्नलाई म पनि आतुर छु ।
सक्नुहुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ, त्यो देशको यस्तै खाले तथ्यांक राख्ने प्रयास गर्नुस् है ।
माथिको मृत्युको अंक गणित मनन गर्ने हो भने कोरोनाको मृत्युदर देखेर बोहुलाइहाल्नु पर्ने स्थिती अहिलेलाई देखिदैन । आखिर मृत्यु अर्कै रूपमा बर्षौदेखि हाम्रो वरिपरि छ, फरक त्यति हो कि अरु रोगका मृत्युको चर्चा हुदैन तर कोरोना चर्चा धेरै छ।
हुन त एउटै रोग, एकै पटक संसारभरि फैलिएको अवस्थामा हरेक देश र सरकारहरुलाई यसको  नियन्त्रण गर्ने चुनौती नै सबैभन्दा ठुलो समस्या हो।
यद्यपि आम नागरिकको  रूपमा आफु बसेको देशको नियम पालना गर्नु, सरकारी अधिकारी हरुका आदेश अनुसरण गर्नु हरेक सामाजिक ब्यक्तिको दायित्व हो।

यो बाहेक नजरबन्द जस्तो दिनचर्यामा बस्नुपर्ने बाध्यात्मक समयमा केबल सकारात्मक हुन सक्नु पनि ठुलो बरदान नै हो । र अझ सकिन्छ भने अरुलाइ पनि सकारात्मक उर्जा दिनेखालका बिचारले सिंचाइ गरौं। यो समय दुस्मनलाई पनि गाली गर्ने समय हैन । आउनुस आधा खाली गिलाँस हैन आधा भरी गिलाँसको कुरा गरौं ।

Exit mobile version