Site icon ParisNepal.com – Nepali News From France

कोरोनालाई जितेका स्पेनवासी रिजाल – “उच्च मनोवलले तपाईलाई जिताउनेछ”

“म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक रहनुहोला हार्दिक अनुरोध छ ।
जीवन को जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोघमा हामी संघर्षसिल रहीरहन्छौ । सायद यही नै जिवनप्रति को मोह हो ।
मेरो २ हप्ताको कस्ठकर अस्पताल वसाई पछी आज घर फर्के । सत प्रतिशत ठीक भै । समस्त स्पेन वासी /युरोप वासी नेपाली जस्ले मेरो सिध्र स्वास्थय लाभको अनुनय विनय गरीरहनु भयो उहाहरु प्रति हार्दिक नमन हार्दिक कृतज्ञता । हजुरहरूकै मायाले मलाई पुनजिवन प्राप्त भएको छ मित्रजन, सुभचिन्तक सवैलाई नमन । मेरो परिवार लाई हौसला दिनुहुने नेपाली दुतावास , मेरा मित्रजनहरु, अग्रजहरुमा, सवैमा कृतज्ञता ।
– नआत्तिएर मनोवल उच्च राख्नुहोलात्यही मनोवल ले तपाईलाई जिताउनेछ
– कुनैपनि सावधानी मा सम्झौता नगर्नुहोला ।
– रोग लाग्यो भनेर तुच्छ भावमा नरहनुहोला । यस्लाई आकस्मिक सपना सम्झी मानसिक रूप मा आफ्नो विजयपथ
तीर मुस्किल को सामना गर्न डट्नु होला । किनकी हिनताले रोग प्रतिरोध क्षमता लाई कमजोर वनाउछ ।”

बिष्णु रिजाल, स्पेन

एनआरएन स्पेनका पूर्व महासचिव तथा जनसम्पर्क समिति स्पेनका सल्लाहकार बिष्णु रिजालले १० दिन लामो कोरोना भाइरस संगको “युद्व” पछि आफ्नो फेसबुकमा लेख्नु भएको यो स्ट्याटसले अहिले डर र त्रासमा रहनेहरुलाइ ठुलो मनोवल र हौसला दिएको छ।

लामो समयदेखि बार्सिलोनामा सपरिवार बस्दै आउनुभएका अर्घाखाँचीका रिजालले कोरोनाको संक्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

Exit mobile version