Site icon ParisNepal.com – Nepali News From France

नेपालमा छैटौं कोरोना भाइरस संक्रमित फेला, कतार एयरको एउटै फ्लाइटमा ३ संक्रमित

नेपालमा छैटौं कोरोना भाइरसको संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान QR652 बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो । त्यही फ्लाइटबाट आएका २ जना १९ वर्षीया युवतीहरुमा  कोरोना संक्रमण पुष्टि भैसकेको थियो । उनीहरु दुवैजना टेकु अस्पतालमा उपचाररत छन्।

बिहीवारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बताएका हुन्। उनले संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे, घरमै सेल्फ आइसोलेसनमा बसेकी उनलाई अस्पताल ल्याउने तयारी भैरहेको बताइएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। ति मध्य एक जनालाइ पूर्ण रुपमा निको भैसकेको छ।

 

Exit mobile version